निक्षेप बढेसँगै सीडी रेसियोमा सुधार, अन्तरबैंक ब्याजदर पनि घट्यो

लोकपथ
182
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धि हुन थालेपछि कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) मा सुधार आएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत शुक्रबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप १४ अर्ब रुपैयाँ वृद्धि भई ४८ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ ।

यसमध्ये बैंकहरूसँग ४२ खर्ब ३४ अर्ब र अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग पाँच खर्ब ७१ अर्ब निक्षेप रहेको छ ।

निक्षेप बढेपछि बैंकहरूको सिडी रेसियोमा पनि केही सुधार आएको छ । शुक्रबारसम्ममा बैंकहरूको औसत सीडी रेसियो ९१ दशमलव १४ प्रतिशतमा झरेको छ ।

निक्षेप वृद्धिसँगै अन्तरबैंक ब्याजदर पनि घटेको छ । शुक्रबार अन्तरबैंक ब्याजदर ४ दशमलव ८६ प्रतिशतमा झरेको छ ।

बैंकहरूमा निक्षेप वृद्धिसँगै कर्जा लगानी पनि बढेको छ । कर्जा लगानी ११ अर्ब रुपैयाँले वृद्धि भई ४६ खर्ब २ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ ।

बजारमा तरलता अभाव भएसँगै बैंकहरूले अत्यावश्यकबाहेकका कर्जा लगानी भने रोकेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?