बिराटनगरमा आगलागीबाट तीन लाखको क्षति

विराटनगर : मोरङको बेलबारी–८ को बुधबारेमा शनिबार साँझ आगलागी हुँदा एक परिवारको तीन लाख रूपैयाँ बराबर मूल्यको सम्पत्ति जलेर नष्ट भएको छ । 

सो आगलागीबाट कुमार थापाको काठ र टिनले बनेको दुईतले घर, घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न र भाँडावर्तन जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ । 

स्थानीय, प्रहरी र दमकलको मद्दतले आगलागी नियन्त्रणमा आएको थियो । विधुत सर्ट भएर सो आगलागी भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?