झापामा टेबलफ्यानबाट करेन्ट लागेर बालिकाको मृत्यु

भद्रपुर (झापा) : झापाको कचनकबल-६, शिंहमारीमा टेबलफ्यानको करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । 

शिंहमारीका मोहब्बत राजवंशीकी १२ बर्षीय छोरी र्इन्द्रा राजवंशीको करेन्ट लागेर मृत्यु भएको हो । 

टेबल फ्यानमा अचानक करेन्ट लिक भएपछि बालिकालार्इ झड्का दिएको थियो । गम्भीर घार्इते बनेकी र्इन्द्रालार्इ उपचारका लागि मेची अञ्चल अस्पताल लाँदैगर्दा बाटैमा निधन भएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?