८८ बर्षीय वृद्धको सहयोगले पाल्पामा सभाहल निर्माण

रामपुर (पाल्पा) : पाल्पाको रामपुर नगरपालिकाका ८८ बर्षीय समाजसेवी रेशमराज पोखरेलले राधा-दामोदर मन्दिरका लागि सभाहल निर्माण गरिदिएका छन् । 

३० लाख रूपैयाँ लागतमा सो सभाहल निर्माण भएको हो । राधा-दामोदर मन्दिरमा हुने धार्मिक कार्यक्रमलार्इ सहज बनाउन सभाहल निर्माण गरिदिएको पोखरेलले बताए ।

दाता पोखरेलकै नामबाट सभाहलको नाम 'रेसम सभाहल' राखिएको छ । 

सभाहल २०० जना अट्ने क्षमताको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?