पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन

काठमाडौं : सूर्यबहादुर थापा नेतृत्वको सरकारमा २०६० मा गृहमन्त्री बनेका दानबहादुर शाहीको निधन भएको छ । 

७६ बर्षको उमेरमा ग्राण्डी अस्पतालमा शाहीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । 

मुटु, मृगाैला र स्वासप्रश्वास रोगबाट पीडित शाहीको स्वास्थ्यस्थिती निकै कमजोर भएपछि एकहप्ताअघि उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?