१३ चैत्र २०७९, सोमवार

‘गुट्खामुक्त अभियान’ शुरु

२०७४,आश्विन,२५,बुधबार ०७:२४

18
Shares

रत्ननगर, चितवन, २४ असोज ।फेसबुकबाट गठित चितवनको ‘वे ग्रुप’ नामक युवाको एक समूहले ‘गुट्खामुक्त अभियान’ शुरु गरेको छ ।गुट्खामुक्त जिल्ला घोषणाका लागि दबाब दिन सो अभियान थालिएको वे ग्रुपका अभियान्ता भोजनारायण कँडेलले जानकारी दिए ।विगतमा ७५ हप्तासम्म चलाइएको सरसफाई अभियानअन्तर्गत फोहरको सबैभन्दा ठूलो स्रोत गुट्खा देखिएको र यसबाट स्वास्थ्यमा समेत नाकारात्मक असरपर्ने भएकाले यो अभियान सञ्चालन गरिएकोे कँडेलले बताए ।जिल्लामा यस विरुद्ध हस्ताक्षर चलाइएको र अभियानमा सहयोग गर्न सबैमा अपिलसमेत गरिएको छ, उनले भने –विगत १६ महिनादेखि सरसफाइ अभियान शुरु गरेको समूहले हरेक सोमबार विभिन्न स्थानमा पुगेर सरसफाइ गर्दैआएको छ ।‘हप्तामा एक दिन एकछिन समाजका लागि’ भन्ने नारासहित उनीहरुले अभियान चलाएका हुन् । सरसफाइका क्रममा गुट्खा खाएर फालिएका प्लास्टिक अत्याधिक देखिएकाले यो अभियान आवश्यक परेको अर्का अभियान्ता नारायण सापकोटा बताउछन । मानव स्वास्थ्यका लागि समेत असर पर्ने भएकाले गुट्खा प्रयोग रोक्नुपर्ने उनको तर्क छ ।प्लास्टिकजन्य फोहरका कारण शहरबजार दुर्गन्धित हुने गरेकाले प्लास्टिकजन्य बस्तुको नियन्त्रण आवश्यक भएको उनले बताए ।उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले व्यवसायीले नाफामुखी भन्दा पनि समाजप्रतिको दायित्वसमेत निर्वाह गर्नुपर्नेमा जोड दिदैं अभियानलाई सकारात्मक रुपमा लिएको बताए ।यो अभियान मानव स्वास्थ्यकै लागि महत्वपूर्ण भएको अभियान्ता भोजनारायण कँडेलले बताए ।फेसबुकबाट गठन भएको युवाहरुको वे ग्रेपले सञ्चालन गरेको सरसफाइ अभियान अहिले प्रभावकारी हुँदै गएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार ०७:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ

चितवन । तपाईको शरीरमा कतै सानोतिनो ट्यूमर त छैन ? समय समयमा शरीरका विभिन्न भागमा परीक्षण गर्ने गर्नुहोस् । अन्यथा

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६