गुगलले पेन्टागनको एआई प्रोजेक्ट समाप्त पार्ने

एजेन्सी : गुगलले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका लागि कृत्रिम बौद्धिकता(एआई) सम्बन्धी परियाजनामा काम गर्ने सम्झौता नवीकरण नगर्ने भएको छ  ।

यो निर्णयबाट कम्पनीको श्रमशक्तिमा ठूलो असन्तुष्टि देखा परेको छ । गुगलका धेरै कामदारहरूले राजीनामा दिए र हजारौंले अमेरिकी रक्षामन्त्रालय पेन्टागनमा सहभागीता जनाएकोले विरोध प्रदर्शन हस्ताक्षर गरेकाछन् ।

उनीहरूले कम्पनीको यो निर्णयबाट पेन्टागनले मान्छे मार्ने उद्देश्यका लागि एआईको प्रयोग गर्ने आंशका व्यक्त गरेका छन् ।तर यसबारे गुगलको तर्फबाट कुनै विज्ञप्ति सार्वजनिक भएको छैन् ।

कम्पनी स्रोतका अनुसार गत शुक्रबार शीर्ष तहका कार्यकारी अधिकारी डायने ग्रिनले कर्मचारीहरूलाई कम्पनीले पेन्टागनसँगको सम्झौता पत्र मार्चमा नवीकरण्ढा नगर्ने जनाए ।

बीबीसीका संवाददाताका अनुसार माभेन नामक परियोजना गुगलले खारेज गरेको छैन् र भविष्यमा सैनिकसँग मिले काम नगर्ने पनि जनाएको छैन् ।

यो सम्झौता कम्तीमा १ करोड अमेरिकी डलर बराबरको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?