नश्लवादी ट्विटका कारण अमेरिकी कम्पनीले माफी माग्यो

एजेन्सी : अमेरिकाको रेस्टरन्ट चेन कम्पनी बुफ्यालो वाइल्ड विङ्ग्सले आफ्नो ट्विटर एकाउन्टबाट नश्लवादी पोस्ट भएकोमा क्षमा मागेको छ ।

कम्पनीको ट्विटर एकाउन्टबाट धेरै नसुहाउँदो र नश्लवादी पोस्ट भएका थिए । त्यो एकाउन्ट ह्याकरले ह्याक गरेपछि देखिएको थियो ।

त्यसका लागि माफी माग्दै कम्पनीले भनेको “आफूहरूबाट गलत पोस्ट नभएपनि आफूहरूको एकाउन्टमा देखिएको गलत पोस्टका लागि दुखीछौं ।”

यो कम्पनीको ७ लाख फलोअर छन् । कम्पनीको औपचारिक ट्विटर एकाउन्टबाट त्यस्ता पोस्टहरू भएका थिए ।

गत वर्ष म्याकडोनाल्डको एक ट्विटर एकाउन्टले ह्याक भइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरूद्ध आक्रमण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?