विश्व विजेता जर्मनीलार्इ अस्ट्रियाले हरायो

काठमाडाैं : सन् २०१४ को फिफा विश्वकप विजेता जर्मनीलार्इ अस्ट्रियाले हराएको छ । विश्वकप अभ्यास खेलमा अस्ट्रियाले जर्मनीको पोस्टमा २ गोल छिरायो भने जर्मनीले १ गोल मात्र फर्काउन सक्यो । 

खेल शुरू भएको ११ औं मिनेटमै जर्मनीका अोजीलले अस्ट्रियाविरूद्द गोल गरेपनि विश्वविजेता टोलीले अग्रता कायम राख्न सकेन । दोस्रो हाफको ५५ अाैं मिनेटमा अस्ट्रियाका मार्टिनले जर्मनीको पोस्टमा गोल फर्कार्इ घरेलु टोलीलार्इ सुरक्षित गरे । यस्तै, ६९ अाैं मिनेटमा एलेसान्ड्रोले गोल थपेपछि अस्ट्रिया खेलमा विजयी भयो । 

दोस्रो हाफमा निकै कमजोर लयमा देखिएको जर्मनी अस्ट्रियाका खेलाडीसामु निरिह देखिएको थियो । चार बर्षअघिको विश्वविजेता जर्मनी रूसमा ११ दिनपछि हुने विश्वकप फुटबल प्रतियोगिताको समुह तालिकामा 'ए' समुहमा छ । दक्षिण कोरिया, स्वीडेन र मेक्सिकोसँग उसले दोस्रो चरणमा जानका लागि प्रतिष्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?