क्युबामा राष्ट्रपतिको सीमा तोक्ने संविधानमा संशोधन

 एजेन्सी : क्युबाको राष्ट्रिय सभाले राष्ट्रपति पदको समय सीमा तोक्ने र समलिङ्गी विवाहलाई वैधानिक बनाउने सम्बन्धी सुधारहरू गर्न संविधानमा संशोधन गर्न प्रस्ताव गरेको छ ।

संविधान संशोधनको उद्देश्य आइल्यान्डको आर्थिक तथा सामाजिक क्षेत्रमा खुला गर्ने रहेको छ । तर संविधानलाई समाजवादको प्रकृतिको फेरबदल नहुने गरी आवश्यक संशोधन गर्ने देखिएको छ ।

पूर्व राष्ट्रपति राउल क्यास्ट्रोले सम्भावित संशोधन प्रक्रियालाई नेतृत्व दिने छन् । अप्रिलमा राउलबाट राष्ट्रपति पदको जिम्मेवारी लिएका मिगुल डायस क्यानेलले संविधान संशोधन गर्ने बारे जानकारी गराए । सन् १९५९ देखि २०१८सम्म क्यास्ट्रो दाजुभाइे सत्ता सम्हाले । 

राउलबाट सत्ता लिएपछि डायस क्यानेलले पुँजीवादलाई पुनर्बहाली गर्ने कुनै प्रयास क्यूबामा नहुने घोषणा गरेका थिए । सन् २००२मा गरिएको संवैधानिक सुधारका क्रममा क्युबाको राजनीतिक प्रणाली समाजवादी चरित्रलाई परिवर्तन गर्न नहुने घोषणा गरिएको थियो ।

पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबामाथि लगाइएको आर्थिक नाकाबन्दी खुकुलो पारेका थिए । तर ओबामाले खुकुलो पारेका नाकाबन्दीलाई पुनः ट्रम्पले लगाइदिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?