संसद्मा कुन मन्त्रीको पालो कहिले ?

काठमाडौँ — सांसदहरूले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि मन्त्रीहरू संसद् बैठकमा नदेखिएपछि मन्त्रिपरिषद्ले उनीहरूको पालो तोकेको छ । संसद् बैठक चलिरहँदा सातामा कम्तीमा दुई पटक जानैपर्ने गरी मन्त्रिपरिषद् बैठकको निर्णयबाटै मन्त्रीहरूको पालो बाँधिएको हो , कान्तिपुर दैनिकमा खबर छापिएको छ।

 

संसदमा विशेष समय, नीति तथा कार्यक्रम र बजेटमाथिको छलफल चलिरहँदा कुनै दिन एक जना पनि मन्त्री नदेखिएपछि सार्वभौम संसद्प्रति उत्तरदायी नबनेको भन्दै सरकारको आलोचना भएको थियो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार हरेक मन्त्रीलाई प्रतिनिधिसभा र राष्ट्रिय सभामा सातामा कम्तीमा एक/एक पटक जानैपर्ने गरी पालो तोकिएको छ । राज्यमन्त्रीलाई समेत बैठकमा पठाउने गरी जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ । हरेक बैठकमा कम्तीमा ३ जना मन्त्री सहभागी हुने गरी व्यवस्था मिलाएको मन्त्रालयको दाबी छ ।
आइतबार
प्रतिनिधिसभा : रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्यमन्त्री राष्ट्रिय सभा : शिक्षा, खानेपानी र उद्योगमन्त्री

सोमबार
प्रतिनिधिसभा : गृह, वन, कृषिमन्त्री
राष्ट्रिय सभा : कानुन, सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि र पर्यटनमन्त्री

मंगलबार
प्रतिनिधिसभा : परराष्ट्र, श्रम र युवा
राष्ट्रिय सभा : भौतिक पूर्वाधार, अर्थ, ऊर्जा, कृषिमन्त्री

बुधबार
प्रतिनिधिसभा : शिक्षा, खानेपानी, उद्योगमन्त्री
राष्ट्रिय सभा : रक्षा, महिला, पर्यटन र स्वास्थ्यमन्त्री

बिहीबार
प्रतिनिधिसभा : कानुन, सामान्य प्रशासन, सञ्चार, पर्यटनमन्त्री
राष्टिय सभा : गृह, वन र कृषिमन्त्री

शुक्रबार
प्रतिनिधिसभा : भौतिक पूर्वाधार, अर्थ, ऊर्जा, कृषिमन्त्री
राष्ट्रिय सभा : परराष्ट्र, श्रम र युवामन्त्री

शनिबार
प्रतिनिधिसभा र राष्ट्रिय सभा :
कानुनमन्त्री, स्वास्थ्य, पर्यटन, कृषि राज्यमन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?