जी सेभेनमा अमेरिका विरूद्ध व्यापार युद्ध छेडने चेतावनी

एजेन्सी : विश्वका ठूला अर्थतन्त्र भएका समूह जी सेभेनमा अमेरिका बाहेकका सदस्य देशहरूले अमेरिका विरूद्ध व्यापार युद्ध छेडने चेतावनी दिएका छन् ।

जी सेभेनमा उपस्थित अमेरिकी वित्त मन्त्री स्टिभन म्नुचिनलाई अन्य देशका वित्तमन्त्रीहरूको कडा आलोचना खेप्न प¥यो । अमेरिकाले फालम र अल्मुनियमको आयातमा नयाँ महशुल थपेका कारण समूहका अन्य सदस्यहरूले कडा आलोचना गदै अमेरिकी उत्पादनमा पनि त्यसै गरी महशुल थप्ने चेतावनी दिएका छन् ।

चर्काचर्की भएको त्यो बैठकमा युरोपेली युनियन र क्यानाडाका वित्त मन्त्रीहरूले आपूmहरूले अमेरिकाले गरे जस्तो जनाए ।

फ्रान्सका वित्त मन्त्री ब्रुनो ले मारिले केही दिन मै व्यापार व्यापार युद्ध शुरू हुने चेतावनी दिए ।

अमेरिकी राष्ट्रपति टम्पले ट्विटरमा महशुलले अमेरिकी फलाम निर्माताहरूको संरक्षण गर्ने र त्यो राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण भएको बताए । साथै उनले अमेरिकी कम्पनीहरूलाई युरोपमा खेप्नु परेको बाधाको बारेमा गुनासो समेत व्यक्त गरे ।

म्नुचिनले ट्रम्पको कथनलाई अस्वीकार गर्दै भने “ अमेरिकाले विश्वव्यापी अर्थतन्त्रको नेतृत्व लिन छोडयो ।”

अमेरिकाको वाणिज्यमन्त्री विलबर रोसले फलाममा २५ प्रतिशत र अल्मुनियमनमा १० प्रतिशत कर लगाइएको र यो कार्यान्वयनमा आइसकेको गत बिहीबार जनाएका थिए ।

क्यानाडा, मेक्सिको र युरोपियन युनियनले अमेरिकामा सन् २०१७मा संयुक्तरूपमा २३ अर्ब अमेरिकी डलर बराबरको फलाम र अल्मुनियम निर्यात गरेका थिए । यो अमेरिकी फलाम र अल्मुनियम आयातको करिब आधा हिस्सा थियो ।

युरोपेली युनियनले अमेरिकी सामानको आयातमा १० पेज लामो महशुल थपिएको सूची सार्वजनिक गरेको छ ।

क्यानाडाले २५ प्रतिशत कर अमेरिकी वस्तुमा लगाउने योनजा बनाएको छ ।  अमेरिकी रिपब्लिकन पार्टीका केही प्रभावशाली नेताहरूले ट्रम्पको यो निर्णयको आलोचना गरेका छन् ।
ससंदको सभामुख पाउल रेयनले पनि अमेरिकाको यो कदमलाई गलत भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?