रसुवाले पायो कांग्रेस केन्द्रीय सदस्य, मोहन आचार्य विजयी

लोकपथ
539
Shares

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मोहन आचार्य विजयी भएका छन् । पार्टीको १४ औं महाधिवेशनबाट उनी खुलातर्फ केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।
पार्टी कार्यालय सानेपामा आइतबार राति सम्पन्न मतगणनाअनुसार उनले १७५१ मत प्राप्त गरे । रसुवाका लोकप्रिय विकास प्रेमी उनी कांग्रेस केन्द्रीय सदस्यमा पहिलो पटक निर्वाचित भएका हुन् । समग्र रसुवाले पहिलो पटक कांग्रेसमा केन्द्रीय सदस्य पाएको छ । आचार्य प्रतिनिधिसभा सदस्य समेत हुन् । उनी सामाजिक र विकासप्रेमी छविका कारण रसुवामा चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?