चीनले माग्यो आकर्षक विद्युत आयोजना

काठमाडौ–चीनले ठूला जलविद्युत आयोजना र प्रसारण लाइन बनाइदिने भन्दै सरकारसँग प्रस्ताव माग गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा सम्झौताका लागि भन्दै चीनले सरकारसँग ठूला र आकर्षक जलविद्युत्त र प्रसारण लाइन आयोजनाको सूची मागेको हो ।

प्रधानमन्त्री ओली सम्भवतः असार पहिलो साता चीन भ्रमण गर्दैछन् ।  आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?