नक्कली जबरजस्ती करणीको मुद्दा लगाउने धम्की दिने दुई जना पक्राउ

लोकपथ
975
Shares

काठमाडौं । जबरजस्ती करणी मुद्दा लगाउने धम्की दिँदै एक लाख नगद ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा खडक नगरपालिका-९ सर्पा बस्ने २५ वर्षीया रुबिना खातुन र ३२ वर्षीय रहमान मियाँ रहेका छन् ।

रुबिनाले ३ मंसिरमा फोन गरी श्रीमानले मलाई जबरजस्ती करणी गरेको छ, मुद्दा मिलाउने हो भन्दै पीडितका श्रीमतीसँग चार लाख माग गरेकी थिइन । ‘४ लाख नदिए भोलि नै जबरजस्ती करणी मुद्दा लगाई जेल पठाइदिन्छु भनी बार्गेनिङ गरी १० मंसिरमा पीडितसँग एक लाख रकम लिई ठगी गरेको घटनामा संलग्न रहेका मध्ये रुबिनालाई १ पुसमा र रहमानलाई २१ मंसिरमा ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?