काठमाडौंमा हरेक महिना २० जनाको ब्रेनडेथ

काठमाडौं- ब्रेनडेथ भएका व्यक्तिका विभिन्न महत्वपूर्ण अंग अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । तर, दुर्भाग्य के छ भने ब्रेनडेथ भएका व्यक्तिको अंग प्रत्यारोपणमा जिम्मेवार स्वास्थ्य संस्थाहरू नै बाधक बनेका छन् । आजको नयाँ पत्रिकामा खबर छापिएको छ ।

२४सै घन्टा अंग प्रत्यारोपण केन्द्र ‘ब्रेनडेथ’को केस फेला पार्ने प्रतीक्षामा छ । तर, कुनै पनि सरकारी तथा निजी अस्पतालले अहिलेसम्म केन्द्रमा खबर गरेका छैनन् । ‘ब्रेनडेथ’को कुनै घटना नभएर प्रत्यारोपणमा खबर नगरेका भने होइनन् ।

महिनामा कम्तीमा २० वटा ‘ब्रेनडेथ’का केस भएर पनि केन्द्रलाई अस्पतालहरूले जानकारी नदिएका हुन् । समन्वय अभावकै कारण ‘ब्रेनडेथ’ कार्यक्रम नै बन्द हुने करिब निश्चितजस्तो देखिएको छ ।

केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले एक व्यक्तिको अंगबाट पाँचजनालाई नयाँ जीवन दिन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?