र्इजिप्टको राष्ट्रपतिमा फेरि अल सिसी

कायरो : इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले दोस्रो कार्यकालका लागि शनिबार पद तथा गोपनीयताको सपथ लिएका छन् । सन् २०२२ सम्मका लागि सिसी र्इजिप्टको राष्ट्रपतिमा दोहोरिएका हुन् । 

र्इजिप्टको संसद भवनमा अायोजित भव्य समारोहमा सिसीले सपथ लिएका छन् । भगवानलार्इ साक्षी राखेर र्इजिप्टको गणतान्त्रिक व्यवस्थाको सुरक्षा गर्ने, संविधान र कानूनको सम्मान गर्ने, नागरिक हितको सुरक्षा गर्ने र राज्यको एकता एवं स्वतन्त्रताको रक्षा गर्ने व्यहोराको सपथ सिसीलार्इ खुवार्इएको छ । 

सपथपछि संसदलाई सम्बोधन सिसिले भनेका छन् ''हामीले धेरै कठीन अवस्थाको सामना गर्दै राज्यलाई भविष्यमा थप स्थायित्वतर्फ डोराइरहेका छौँ ।” आफ्नो पहिलो कार्यकालमा आर्थिक सुधारका लागि बिताएको बताउँदै आगामी चार वर्ष स्वास्थ्य र शिक्षामा सुधारका लागि खर्चिने सिसीले सार्वजनिक प्रतिबद्दता जनाएका छन्। 

सिसीले सन् २०१८ मा भएको निर्वाचनमा ९७ प्रतिशतभन्दा बढी मत प्राप्त गरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उनले पहिलो राष्ट्रपतिको सपथ इजिप्टको सर्वोच्च संवैधानिक अदालतसमक्ष सन् २०१४ मा लिएका थिए । 

पूर्व राष्ट्रपति होस्नी मुवारकलार्इ अान्दोलनका बलमा पदबाट सन् २०११ मा अपदस्त गरेपछि र्इजिप्टको शासन हाल सिसीको हातमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?