कैलाली घटना : मृतककी श्रीमतीलाई पठाइएको थियो अडियो !

लोकपथ
1.8k
Shares

काठमाडौं । कैलालीको जानकी गाउँपालिका-९ मा शनिबार एक युवकको वीभत्स हत्या गरिएको अवस्थामा शव फेला पर्‍याे । अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको र शरीर अलगअलग बनाएको अवस्थामा जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अर्जुन दासको शव भेटिएको थियो ।

प्रहरीका अनुसार उनको हत्यापछि कपडाको डोरी बनाएर नग्न अवस्थामा बाँधेर राखेको अवस्थामा शव भेटिएको थियो । उक्त घटनामा हालसम्म कसैलाई प्रकाउ नगरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले लोकपथलाई जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेका बेला हत्यामा संलग्न रहेको भन्दै एक व्यक्तिले आफ्नो साथीसँग गरेको टेलिफोन संवादको अडियो सार्वजनिक भएको छ ।

उनका अनुसार उक्त अडियो एक व्यक्तिले मृतककी श्रीमतीलाई मेसेन्जरमा पठाएको थियो । अडियो कसले पठायो भन्नेबारे छानविन भइरहेको उनको भनाइ छ ।

सो अडियो सार्वजनिक भएपश्चात प्रहरीलाई घटनाबारे अनुसन्धान गर्न थप सहज भएको छ । सार्वजनिक भएको अडियोमा आफूहरु हत्या गरेर रुपैडिया नाका हुँदै बैंग्लोर भागेको दाबी गरिएको छ ।

‘प्रहरीले यही अडियोको आधारमा अनुसन्धान अघि बढाएको छ । घटनाबारे यही भन्ने निष्कर्ष पुगिसकेको छैनौं । हामी अनुसन्धानमै छौँ । ‘ अधिकारीले भने ।

मृतक शुक्रबारबाट हराएका थिए । शुक्रबार ४/५ जना साथी आएर बाहिर जाउ भनेर बाहिर निस्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?