विवादास्पद पृष्ठभूमिका गणेश लामा फेरि ‘ग्रीन जोन’मा

लोकपथ
2.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुलातर्फ २ हजार ९९३ मतगणना सकिएको छ । पछिल्लो मतपरिणामअनुसार विवादित पृष्ठभूमिका गणेश लामा अन्तिम ३५ भित्र स्थान बनाउन सफल भएका छन् ।

उनले ११३४ मत ल्याएर ३०औं नम्बरमा आफ्नो स्थान बनाउन सफल भएका हुन् । यसअघि उनी अन्तिम ३५ बाट रिङ आउट भएकामा फेरि अगाडि आएका हुन् ।

उनी विजयकुमार गच्छदार कोटाबाट देउवा प्यानलमा खुलातर्फको केन्द्रीय सदस्यको उम्मेदवार बनेका हुन् ।

३९ जना उम्मेदवारले १०० मत कटाएका छन् । सर्वाधिक मत ल्याउनेमा शशांक कोइराला रहेका छन् भने उनले २४४२ मत पाएका छन् । यस्तै ३९औँ नम्बरमा मंगल थारुले १०२४ मत ल्याएका छन् ।

प्राप्त मतपरिणामअनुसार थारुसहित मनोजमणि आचार्य, वीरेन्द्र कुमार कनौडिया, केदार कार्की अन्तिम ३५ मा अटाउन संघर्ष गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?