यी हुन् ‘टप टेन’ मत ल्याउने कांग्रेस खुला सदस्यका उम्मेदवार

लोकपथ
4.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको २९९३ मतगणना सकिँदा डा. शशांक कोइरालाले सर्वाधिक मत पाएका छन् । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा उनले २४४२ मत पाएका हुन् ।

यस्तै एनपी साउद दोस्रो, बालकृष्ण खाण तेस्रो, उदय शमशेर राणा चौथो तथा रमेश लेखक पाचौँ स्थानमा रहेका छन् ।

यस्तै शंकर भण्डारी, रामहरि खतिवडा, ज्ञानेन्द्र बहादुर कार्की, अर्जुन नरसिंह केसी र जीप छिरिङ लामाले क्रमशः छैटौ, सातौँ, आठौँ, नवौँ र दशौँ सर्वाधिक मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?