गठबन्धन बैठक हलबाट बाहिरिए माधवकुमार नेपाल

लोकपथ
2.8k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्तारुढ गठबन्धनको बैठक हलबाट बाहिरिएका छन् ।

दिउँस २ बजेका लागि बैठक बस्ने भनेपनि बैठक ढिला सुरु भएपछि अध्यक्ष नेपाल बैठक हलबाट बाहिरिएका हुन् ।

समयमै छलफल सुरु नभएकाले र आफू अर्को बैठकमा जानुपर्ने भएकाले गएको उनले बताएका छन् । प्रधानमन्त्री देउवा ज्यापु दिवसको अवसरमा आयोजित एक कार्यक्रममा सहभागी हुँदा बैठक बस्न ढिला भएको बताइएको छ ।

हाल सत्तारुढ गठबनन्धनको बैठकमा प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरु सहभागी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?