किम पत्रको आकारले ट्रम्पलाई बनायो हास्य पात्र

एजेन्सी : सामाजिक सञ्जाल उपयोगकर्ताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम उत्तर कोरियाली नेता किम जोङ उनले पठाएको पत्रले ठट्ठा सिर्जना गरेको छ ।

राष्ट्रपति टम्पले उनले पठाएको ठूलो आकारको पत्र प्राप्त गरिरहेको फोटो सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा हाँसोको क्रियाकलाप बन्यो ।

फोटोमा उनका दाँया हात मानिएका  गुप्तचर संस्थाका पूर्व प्रमुख किम जोङ चोलसँग ट्रम्पले पत्र लिएको देखिन्छ ।

१२ जुनमा हुने सिंगापुर शिखर सम्मेलनको योजनाबारे पत्रमा लेखिएको छ ।

सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी गरिएपनि ट्रम्पले किम जोङ चोलसँग ८० मिनेट छलफल गरे । छलफलमा करिब करिब सबै कुरो भएको बुझिएको छ ।

ट्रम्पले यो पत्र धेरै राम्रो भएको टिप्पणी गरेका छन् । यसमा धेरै चाख लाग्दा विषय उल्लेख गरिएका छन् ।

ट्रम्पले भने “ कुनै बेला म यो पत्रमा के लेखिएको छ तपाईहरूलाई पढन दिन्छु । सम्भवतः यो छिट्टै पढन पाउनु हुनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?