एमसीसी सम्झौता अस्वीकार गनुपर्ने एकीकृत समाजवादीको निष्कर्ष

लोकपथ
1k
Shares

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीको बैठकले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता अस्वीकार गनुपर्ने निष्कर्ष निकालेको छ । आज काठमाडौको एक होटलमा एमसीसीबारे भएको छलफलले यथास्थितिमा एमसिसी सम्झौता अस्वीकार गनुपर्ने निस्कर्ष निकालेको हो ।

उक्त छलफलमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, पार्टीका मन्त्री र सांसदहरु सहभागी भएका थिए । सो छलफलमा आजै बस्ने सर्वदलीय बैठकमा पार्टीका तर्फबाट राख्ने धारणा र नेताहरुले सार्वजनिक रुपमा दिने अभिव्यक्तिमा एकरुपता गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमार्फत अघि बढाउने प्रयत्न गरिरहेका बेला सत्तारुढ दल नेकपा एकीकृतले अहिलेको अवस्थामा एमसीसी पारित हुन नसक्ने भन्दै बरु त्यसलाई अस्वीकार गर्नुपर्ने बताएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारका तर्फबाट आगामी संसद बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने पक्षमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?