संखुवासभाबासीलार्इ शुभम पावरको २ लाख कित्ता शेयर

काठमाडाैं : तल्लो पिलुवाखोला जलविधुत अायोजनाको विकासकर्ता शुभम पावर लिमिटेडले संखुवासभा जिल्लाका अायोजनाप्रभावित बासिन्दालार्इ २ लाख कित्ता साधारण सेयर (अार्इपीअो) बेच्ने भएको छ ।

अाज (जेठ २० देखि) असार ३ गतेसम्म स्थानीयबासीले प्रतिकित्ता १ सय रूपैयाँमा सेयर खरिदको अावेदन दिन पाउनेछन् । स्थानीयबासीलार्इ कम्पनीले १० प्रतिशत शेयर दिन लागेको हो । असार ३ सम्म सेयर विक्री नभएमा असार २४ सम्म भर्न पाउने व्यवस्था गरिने कम्पनीले जनाएको छ । 

अायोजना प्रभावितले न्यूनतम ५० देखि अधिकतम १ हजार कित्तासम्म सेयर अावदेन दिन पाउनेछन् । शुभम पावर लिमिटेड (चैनपुर-संखुवासभा), एनएमबी मार्इक्रोफार्इनान्स वित्तीय संस्था (तुम्लिङटार र मामलिङ), प्रार्इम बैंकको खाँदबारी र तुम्लिङटार शाखा र एभरेष्ट र सेन्चुरी बैंकको खाँदबारी शाखाबाट सेयर अावदेन दिन सक्ने व्यवस्था कम्पनीले मिलाएको छ ।

सीबीअार्इएल क्यापिटललार्इ कम्पनीको शेयर विक्री प्रबन्धक तोकिएको छ । शुभमले संखुवाशभामा ९९० किलोवाटको पिलुवाखोला जलविधुत अायोजना निर्माण गरि २०६८ साउन १ गतेदेखि विधुत उत्पादन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?