जंगलमा बेवारिसे अवस्थामा भेटियो गाँजा, कसले राख्याे यसरी ?

चितवन- पूर्वी चितवनस्थित राप्ती नगरपालिकाको एक जंगलमा बेवारिसे अवस्थामा लागुऔषध गाँजा फेला परेको छ ।

राप्ती नगरपालिका वडा नं १ को महादेवटारस्थित सुरदेवी सामुदायिक वनभित्र लुकाइराखेका अवस्थामा ५० किलो प्रतिबन्धित लागुऔषध गाँजा फेला परेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए

आज दिउँसोको समयमा उक्त वनमा घाँस काट्न गएका स्थानीय मानिसले जंगलमा गाजाको ठूला पोका देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयले दिएको सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीको टोलीले पाँच किलो तौलको १० वटा पोकामा बाँधेर राखेको अवस्थामा अपराह्न गाजा फेला पारेका थिए ।

उक्त गाँजालाई इलाका प्रहरी कार्यालय भण्डारामा ल्याइएको प्रहरीले जनाएको छ । गाँजा कसले राखेको भन्ने पहिचान हुन नसकेकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?