काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छः प्रमुख सचेतक खाँड

काठमाडौँ– नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले काँग्रेसले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताएका छन् ।

नेपाली काँग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिको अधिवेशनका क्रममा आज  आयोजित कार्यक्रममा कम्युनिस्ट एकतालाई अवसरका रुपमा लिएर काँग्रेस अगाडि बढ्नुपर्ने बताएका हुन् ।

“काँग्रेसभित्र संघर्षका दिन शुरु भएका छन्, एक आपसमा दोषारोपण गर्नुभन्दा पनि संगठन निर्माणमा लाग्नुपर्ने बेला आएको छ,”– उनले भने ।

उनले नेपालको प्रजातान्त्रिक मूल्य मान्यता धरापमा पर्दै गएको भन्दै काँग्रेसलाई बलियो बनाएर अगाडि लैजानुपर्ने बेला आएको बताए ।

काँग्रेसका पूर्व केन्द्रीय सदस्य दीलबहादुर घर्तीले कम्युनिस्टले संसदमा दुईतिहाइको बहुमत देखाएर अधिनायकवाद लाद्न खोजेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?