नुवाकोट गोल्डकप : नुवाकोटबाट फ्रेण्डस ५–० ले पराजित

नुवाकोट – नुवाकोटमा जारी रहेको ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’मा आज घरेलु टोली नुवाकोटले फ्रेण्डस क्लब काठमाडौलाई ५–० गोल अन्तरले हराएको छ ।

बट्टारस्थित खेल मैदानमा भएको प्रतिस्पर्धामा नुवाकोट–११ ले बलियो प्रतिद्वन्द्वी फ्रेण्डस क्लबलाई फराकिलो गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

नुवाकोट टोलीले खेलको पहिलो हाफको ३३ मिनेटमा कप्तान राजकुमार कुमालले पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको थियो । थप चार गोलहरु खेलको दोस्रो हाफको ४८ मिनेटमा भिक्टर अमुबी, ५५ औँ र ५९ औँ मिनेटमा अमिर श्रेष्ठ र ६९ मिनेटमा विकेश लामाले थपेपछि घरेलु टोली नुवाकोटको जित फराकिलो अन्तरले भएको हो ।

यसवर्ष मात्र स्थापित भएको नुवाकोट–११ टोलीले यसअघि पहिलो खेलमा चितवन–११ लाई हराएर अघिल्लो चरणमा प्रवेश गरेको थियो भने फ्रेण्डस क्बल लिग चरणको पहिलो खेलमा नै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

जिल्ला खेलकुद बिकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको बिजेतालाई रु पाँच लाख र उपविजेतालाई रु तीन लाख पुरस्कार दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?