टोखामा मतदाता नामावली संकलन कार्य सुरु

RSS
143
Shares

काठमाडौं । टोखा नगरपालिकामा मतदाता नामावली कार्य सुरु भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकामा आगामी स्थानीय, प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर राख्दै मतदाता नामावली कार्य सुरु गरिएको हो । आजदेखि सुरु भएको मतदाता नामावली संकलन कार्य यही पुस १८ गतेसम्म चल्नेछ ।

नगरपालिकाका प्रमुख शिक्षा अधिकृत बाबुराम गौतमले नगरपालिकाभित्रका नागरिकता लिएका व्यक्तिलाई लक्षित गरेर मतदाता नामावली सङ्कलन कार्य सुरु गरिएको जानकारी दिए । ‘टोखामा स्थायी ठेगाना भएका र बसाइसराइ गरेर यहाँ आएका व्यक्तिलाई नागरिकता हेरेर मतदाता नामावलीमा समेट्छौँ’, उनले भने । नगरपालिकाको कार्यालयमा मात्र मतदाता नामावली सङ्कलन गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?