९ माघ २०७८, आईतवार

देशको आर्थिक समृद्धिका लागि पार्टी एकता गरेका हौंः अध्यक्ष प्रचण्ड

२०७५,जेष्ठ,१९,शनिवार १५:३८

0
Shares

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले दुई ठूला कम्युनिष्ट पार्टीहरुबीचको एकता ठूलो पार्टी बनाउन नभई देशको आर्थिक समृद्धिका लागि भएको बताउनु भएको छ ।

आज कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका नेवाडेस्थित जन्मस्थान पुग्नुभएका अध्यक्षले भन्नुभयो, ‘ठूलो पार्टी बनाउने मात्र हाम्रो चाहाना होइन, देशलाई समृद्धि तिर लैजाने हाम्रो मुख्य उद्देश्य हो ।’
अध्यक्षले देश भित्रका र बाहिरका प्रतिक्रियावादीहरु पार्टी एकीकरण हुनेमा विश्वास नभएको बताउनुहुँदै पार्टी एकताले उनीहरु आश्चर्यमा परेको बताउनुभयो ।

अध्यक्षले भन्नुभयो, ‘हामीले पार्टी एकता नभनेको दिनमा गर्छौ भनेका थियौं त्यही नै गर्यौं । दिन तोकेर एकता गर्ने भनेका थियौं भने प्रतिक्रियावादीले पार्टी एकता हुन दिने थिएनन् ।’ साहस र आँट गरेनौं भने देश अर्को ७० वर्ष अराजकतातिर जान्छ र देशले विकासको गति लिँदैन भनेर नै आफूहरुले पार्टी एकताको पहल गरेको उहाँको भनाई थियो ।

अध्यक्षले भन्नुभयो, ‘यो एकता विगतको जस्तो पार्टी एकता होइन । यो नेपाली जनताको समृद्धि, आत्मस्वाभिमान र देशको समृद्धिको निम्ति गुणात्मक रुपले फरक छ ।’ पार्टी एकताले नेपालीको इज्जत र प्रतिष्ठा बढेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

उहाँले पार्टी एकता पछि उपत्यका बाहिरको आफ्नो पहिलो कार्यक्रम कास्की र त्यसमा पनि आफ्नो जन्मस्थान अन्नपूर्ण गाउँपालिका भएको भन्दै यसमा आफूलाई खुसी र गर्व लागेको बताउनुभयो ।

प्रकाशित मिति: २०७५,जेष्ठ,१९,शनिवार १५:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सत्तारुढ गठबन्धनबीच संविधानसँग बाझिएका कानुनमा संशोधन गरेर नयाँ चुनाव गराउने सहमति भएको छ । यस सहमति सँगै आगामी वैशाखका लागि

मधेस सरकारले प्रदेशको नाम र स्थायी राजधानीबारेको सूचना राजपत्रमा पुन : प्रकाशन गरेको छ । प्रदेशको नाम र स्थायी राजधानी

सत्ता गठबन्धनका पाँच दलले माघ १२ गते हुन गएको राष्ट्रिय सभाको निर्वाचनमा गठवन्धनका उम्मदवारलाई विजयी बनाउन संयुक्त अपिल जारी गर्ने

कानुनविद्हरुले स्थानीय तहको निर्वाचनबारे संविधानसँग बाझिएका सबै कानुन संशोधन गर्न सत्तारुढ दलहरुलाई सुझाव दिएका छन् । सत्तारुढ पाँचदलीय गठबन्धनले आईतबार

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४