एउटै खुट्टाले साईकल चलाएर कैलालीदेखि रारा पुगे यामलाल

सुर्खेत–एउटै खुट्टाले साइकल चलाएर प्रदेश नम्बर ७ बाट  एक साईकल यात्री कर्णाली प्रदेशको रारा पुगेका छन् ।

कैलालीको लम्कीदेखि राराको एकल साइकल यात्रा सुरु गरेका लम्की चुहा नगरपालिका १ लम्कीका यमराज रसाइली एकल यात्रा सुरु गरेको १३ दिनमा कर्णाली प्रदेशको पर्यटकीय स्थल रारा पुगेका हुन् । उनले यही जेठ ४ गते लम्कीबाट साइकल यात्रा सुरु गरेका थिए । अपांगता भएका व्यक्तिहरुले पनि केही गर्न सक्छन भन्ने सन्देश दिनका लागि आफूले एकल साइकल यात्रा सुरु गरेको रसाइलीले बताए ।

 यो यात्राबाट सबैको ध्यान आकर्षित भई अपांगता भएकाले पनि केही गर्न सक्छन् भन्ने भावना जागोस भन्ने उद्देश्य हो,’ उनले भने  ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाट भर्ना अभियान सुरु गर्नेक्रममा एक जना अपांगता भएका बालकलाई अपांग मैत्री विद्यालयको अभावमा भर्ना गर्न नसकेको समाचार पढेछि रारा जाने सुर जागेको उनले बताए । रारा पुगेर प्रधानमन्त्रीले भर्ना गर्न नसकेका बालक पुन्नबहादुर कुलालाई भेट्ने र विद्यालय भर्नाका लागि पहल गर्ने योजना रहेको पनि रसाइलीले जनाए ।

४० वर्षिय रसाईलीले चार वर्षको उमेरमा आफ्नो दायाँ खुट्टा गुमाएका थिए । उनले  विगत २१ वर्षदेखि साईकल यात्रा गरिरहेको सुनाए । अहिलेसम्म नेपालका ३८ जिल्लाको साईकलबाटै भ्रमण गरेको र एक दिनमा दुई किलोमिटरसम्मको यात्रा गरेको रसाइलीले बताए । उनले २०५९ मा महाकालीदेखि मेची सम्मको साइकल यात्रा समेत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?