१७ आश्विन २०७९, सोमवार

कांग्रेसको आरोप–केपी ओली हल्का बने

२०७५,जेष्ठ,१९,शनिवार १४:२०

0
Shares

सल्यान – नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसका लागि सुध्रिने सुनौलो अवसर आएको बताएका छन् ।

नेपाल शिक्षक संघको २९ औँ प्रतिनिधिसभालाई आज  सम्बोधन गर्दै शर्माले प्रतिपक्षमा बसेर बिग्रेको काँग्रेस सुधार्ने अहिले नै सबैभन्दा राम्रो अवसर रहेको बताए ।

मदन भण्डारीको जनताको बहुदलीय जनवाद आत्मसात गरेको नेकपा एमालेले भण्डारीको निधन भएको २५ वर्षपछि उनको विचारलाई समेत मारेको आरोप लगाए ।

एकपटक चुनाव हार्दैमा नआत्तिन काँग्रेस कार्यकर्ताहरूलाई आग्रह गर्दै शर्माले भने, “पात झर्दैमा रुख सुक्दैन, नआत्तिनुस, लोकप्रियताका लागि कम्युनिष्टहरूले नारा मात्रै बेचेका हुन्, उनीहरूको नारा लगाउनु र काम गर्नुको अन्तर अब थाहा पाउँछौँ ।” शर्माले भने ।

अहिले कम्युनिष्टको आँधीहूरी आएको भन्दै शर्माले केही हाँगा भाँच्चिदैमा काँग्रेस नमर्ने बताए । कांग्रेस कार्यकर्तालाई रुखको जरा बनेर अडिग रहन उनले आग्रह गरे ।

प्रधानमन्त्री जस्तो व्यक्तिले हरेक कुरालाई हल्का टिप्पणी गर्ने गरेको भन्दै शर्माले प्रधानमन्त्रीलाई जिम्मेवार भएर बोल्न आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, शिक्षक संघका केन्द्रीय अध्यक्ष राजेन्द्रराज पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति: २०७५,जेष्ठ,१९,शनिवार १४:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मासु पारखीहरूको रोजाइमा पर्ने परिकार हो, चिकेन रोस्ट । हरेक उमेरसमूहका मानिसले रोस्ट मन पराउँछन् । रोस्ट बनाउन पनि एकदमै

काठमाडाैं । मासुका लागि पशुपंछी खरिद गर्दा स्वस्थ पशुपंछी छान्ने । र्या‍ल, सिँगान बगेका र शरिरमा दाग, खटिरा भएका पशुहरु

दसैँको रौनकले नेपालीलाई छपक्कै छोपेको छ । दसैँको मूख्य रोचक पक्ष भनेको एकसरो नयाँ कपडा लगाउने, पिङ खेल्ने, मामाघर जाने,

मांसाहारीलाई सुकुटी मन नपर्ने त कुरै भएन । हरेक उमेर समूहका मानिसलाई यो पक्कै पनि मनपर्न सक्छ । नेपालमा मुख्यतः

ताजा समाचार

दसैँ–तिहार, निर्वाचन अनि किसानलाई चटारो
 २०७९,आश्विन,१८,मंगलवार ०१:००
बडा दसैँ : उत्साह उस्तै तर, परम्परा फरक
 २०७९,आश्विन,१७,सोमवार १७:५४
घरैमा चिकेन रोस्ट बनाउने सजिलो तरिका
 २०७९,आश्विन,१७,सोमवार १७:२०
निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने
 २०७९,आश्विन,१७,सोमवार १६:१२
मासुबारे यी कुरा जानी राखौँ
 २०७९,आश्विन,१७,सोमवार १५:०८
कलाकारको दसैँ : कसको योजना के ?
 २०७९,आश्विन,१७,सोमवार १४:२९