११ चैत्र २०७९, शनिवार

संविधान कार्यान्वयन भएमात्र सबैको अधिकार सुरक्षित हुन्छ : मन्त्री मण्डल

२०७४,आश्विन,२५,बुधबार ०६:५९

0
Shares

लहान, २५ असार ।आपूर्तिमन्त्री शिवकुमार मण्डलले संविधान कार्यान्वयन भएमात्र सबैको अधिकार सुरक्षित हुने बताएका छन ।बहिरा विद्यार्थीका लागि नवनिर्मित विद्यालय भवनको आज यहाँ उद्घाटन गर्दै उनले भने,  “संविधान कार्यान्वयनका लागि सरकारले सङ्घ र प्रदेश सभाको निर्वाचन गराउनेतर्फ अगाडि बढिरहेको छ ।”मन्त्री मण्डलले संविधानको सफल कार्यान्वयनबाट मात्र सबै नेपालीको अधिकार पूरा हुने बताउँदै स्थानीय तह जस्तै प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन पनि शान्तिपूर्ण रुपमा सफल बनाउन सबैमा आग्रह गरे ।सिरहा नगरपालिका– ९ स्थित सिरहा बहिरा संघको परिसरमा करिब रु ४० लाखको लागतमा निर्माण भएको नयाँ भवनमा छात्रावाससहितको सुविधा रहेको सिरहा बहिरा संघले जनाएको छ । सो भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालय र अन्य विभिन्न संघ संस्थाले सहयोग गरेका छन् ।सिराहा बहिरा संघद्वारा २०५४ सालमा स्थापना भएको उक्त बहिरा विद्यालयलाई २०६३ सालमा आएर जिल्ला शिक्षा कार्यालयले अनुमोदन गरेको थियो ।कक्षा १ देखि ५ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा ६ जना शिक्षक कार्यरत रहेका छन् । तीमध्ये एकजना जिल्ला शिक्षा कार्यालयबाट प्राप्त दरबन्दीमा छन् भने बाँकी पाँचजना शिक्षक प्राथमिक कान उपचार केन्द्रको आम्दानीबाट तलब खाँदै आएको सो विद्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार ०६:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११
बैतडीको हवाई सेवा एक वर्षदेखि बन्द
 २०७९,चैत्र,११,शनिवार १६:३५