सेन्चुरी बैंकले गर्‍यो लाभांश घोषणा

लोकपथ
221
Shares

काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट पाँच दशमलव ७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि शून्य दशमलव ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउनेछन् ।

यसअनुसार बैंकले सभामा ५१ करोड ९४ लाख ७९ हजार ७९६ रुपैयाँ बराबरको बोनस सेयर र दुई करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ नगद खर्चिनेछ । गत वर्ष बैंकले पाँच दशालव २५ प्रतिशत बोनस र दुई दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?