महोत्तरी प्याब्सनको अध्यक्षमा राधेश्याम सापकोटा

लोकपथ
117
Shares

महोत्तरी । निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याब्सन महोत्तरीको आठौ‌ अधिवेशनबाट राधेश्याम सापकोटा अध्यक्षमा चयन भएका छन ।

शनिवार सम्पन्न अधिवेशनमा सर्वसम्मतिबाट राधेश्याम सापकोटासहित वरिष्ठ उपाध्यक्षमा सन्जिव ठाकुर र उपाध्यक्षमा नन्द विश्वकर्मा चयन गरेको हो ।

अधिवेशनले कोषाध्यक्षमा बिनिता झा, सह-कोषाध्यक्षमा राम स्नेही सिंह निर्वाचित गरेको छ । त्यस्तै दुई सचिवमा जीवन चौधरी र फेकन राउत तथा सदस्यहरुमा अरुण कार्की, बिजय साह, मिथिला बिहारी शर्मा निर्वाचित भएका छन् ।

महोत्तरी प्याब्सनअन्तर्गतका जिल्लाका ६२ विद्यालयमा १३ सय शिक्षक तथा शिक्षिकाले अध्यापन गराउदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?