४ माघ २०७८, मंगलवार

चोरी नियन्त्रण विशेष अभियान : ७५ जना पक्राउ

२०७५,जेष्ठ,१९,शनिवार १२:२८

0
Shares

काठमाडौँ । महानगरीय अपराध महाशाखाले उपत्यकाका विभिन्न ठाउँमा चोरी गर्ने ७५ जनालाई पक्राउ गरेको छ । 

महाशाखाले उपत्यकामा दैनिक हुने चोरी नियन्त्रणका लागि चालेको १५ दिने चोरी नियन्त्रण विशेष अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरेको हो । 

महाशाखाले महाराजगञ्ज, कालिमाटी, बालाजु, स्ययम्भू, बौद्ध, गौशाला, बानेश्वर, लैनचौर, कमलपोखरी, दरबारमार्ग, कपन, बुढानीलकण्ठ, कीर्तिपुर, पेप्सीकोला, भक्तपुरको सूर्यविनायक, पण्डुबजार, सल्लाघारी, बालकोट ठिमी र ललितपुरको सानेपा, भैँसेपाटी, सुनाकोठी, महालक्ष्मीस्थान, इमाडोल, टिकाथली, लुभुबाट नियन्त्रणमा लिएको हो । 

महाशाखाका प्रमुख धीरजप्रताप सिंहले उपत्यकामा चोरी घटना रातीको भन्दा दिउँसोको समयमा बढी हुने गरेको जानकारी दिए । “घरमा कोठा खोज्ने तथा भेटघाटका लागि घरमा आएको वहानामा घरमा पसी चोरी गर्ने गरेको अनुसन्धानमा भेटिएको छ,”–उनले भने । 

रातको समयमा झ्यालबाट हुक छिराई कोठामा भएको बहुमूल्य सामान चोरी गर्ने, नक्कली सुन तथा डलर देखाई लुटपाट गर्ने, अफिस समयमा सार्वजनिक यातायातमा हुने पाकेटमार, विष्कुटको धुलो शरीरमा छर्केर नगद तथा सुन चाँदीका गरगहना चोरी गर्ने गरेको महाशाखाले जनाएको छ । 

महाशाखाले चोरीका घटना नियन्त्रणका लागि काठमाडौँ, भक्तपुर र ललितपुरमा १२५ जनशक्ति परिचालन गरिएको सिंहले जानकारी दिए ।
 

प्रकाशित मिति: २०७५,जेष्ठ,१९,शनिवार १२:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

ताजा समाचार