सर्वदलीय बैठक बस्दै : संसद अवरोध र एमसीसी एजेण्डाले पाउला त निकास ?

लोकपथ
140
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आइतबार दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

सर्वदलीय बैठक बालुवाटारमा बैठक बस्ने भएको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमोर्चा नेपाल, राप्रपालगायत दललाई बोलाइएको छ ।

बैठकमा संसदमा जारी एमालेको अवरोध अन्त्य गर्ने र एमसीसीलाई संसदको एजेण्डा बनाउनेबारे छलफल हुने बताइएको छ। सभामुख अग्नी सापकोटाको भूमीका निश्पक्ष नभएको भन्दै एमालेले संसद अवरोध गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?