विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीको आग्रहमा नाला निमार्णमा लापर्वाही गरी कमसल सामाग्री प्रयोग गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
६ लेनको ब्यापारिक मार्गको नाला निर्माणका क्रममा सिमेन्ट प्रयोग नगरी बालुवा र इट्टामात्र राखेको भेटिएपछि निर्माण कम्पनीका साइट प्रोजेक्ट मेनेजर रवि पन्तसहित तीन जनालाई प्रहरी शनिबार पक्राउ गरेको हो ।
सो ६ लेनको व्यापारी मार्गको सडक निर्माणसँगै नाला निर्माणको समेत ठेक्का टुण्डीरमण निर्माण कम्पनीले लिएको थियो । तर, महेन्द्रचौक पश्चिम साइडको निर्माणधीन पक्की नाला निर्माणमा सिमेन्ट नहाली बालुवा र इट्टामात्र राखेको पाइपछि साइट प्रोजेक्ट मेनेजर पन्त, सुपर भाइजर दिनेश शाह र सडक कार्यालयका साइट सुपर भाइजर देवराज बराललाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।
प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायका अनुसार मेयर भीम पराजुलीसहितको टोलीले ६ लेनको सडक निर्माणको शनिबार अवलोकन गर्दा निर्माणधीन नालामा कमसल सामाग्री प्रयोग गरेको भेटिएको थियो । टुण्डीरमण निर्माण सेवाका प्रमुख कृष्ण बोहरा र कन्ट्रसन हेर्ने संजय राजत फरार छन् । उनीहरुलाई प्रहरीले खोजी गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया