१२ माघ २०७८, बुधबार

शेयर बजार : दुई अर्ब बढीको कारोवार

२०७५,जेष्ठ,१९,शनिवार १०:५८

0
Shares

काठमाडौँ । धितोपत्र बजारमा यस साता रु दुई अर्ब आठ करोड ७३ लाख ५१ हजारबराबरको शेयर कारोवार भएको छ । 

नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १८३ कम्पनीको ४७ लाख ४४ हजार ८१० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोवार रकम गत साताको भन्दा आठ दशमलव ५६ प्रतिशत बढी हो । 

गत साता १८३ कम्पनीको रु एक अर्ब ९२ करोड २७ लाख ३१ हजारबराबरका ४१ लाख ३७ हजार ४३० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा सात दशमलव २५ अंकले बढेर अन्तिम दिन १३०७ दशमलव ६६ अंकमा पुगेको छ । 

‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव १७ अंकले बढेर २७५ दशमलव २८ अंकमा आइपुगेको छ । 

यस साता कारोवार रकमका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु सात करोड ५४ लाख ९० हजार बराबरको शेयर कारोवार भएको छ । 

यस्तै कारोवार भएको शेयर संख्याका आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड संस्थापक अग्रस्थानमा छ । सो बैंकको तीन लाख ३७ हजार कित्ता शेयर कारोवार भएको छ । 

यस साता नेपाल स्टक एक्स्चेन्जको कारोवार कक्ष नियमित कारोवारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोवार भएन । 

यसैगरी, यस साता सिभिल बैंक लिमिटेडको दुई करोड सात लाख ४० हजार ८८६ कित्ता हकप्रद, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको एक लाख २१ हजार ५०० कित्ता बोनस, एनएलजी इन्स्योरेन्स कम्पनीको एक लाख २८ अजार ८१२, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ३० लाख पाँच हजार कित्ता बोनस र साना किसान विकास लघुवित्तको १२ लाख ५७ हजार ६५५ कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,१९,शनिवार १०:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले काठमाडौंमा रहेको होटेल याक एण्ड यतीमा एक कार्यक्रमबीच ‘सिटिजन खबर’ नामक जर्नलको विमोचन गरेको छ

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ‘साथ एकशाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ अन्तर्गत बैंकको शखमुलशाखाले बुद्धनगर वडा नं. १०मा अवस्थित

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडकले तनँहुको शुक्लागण्डकी नगरपालिकामा शाखा स्थानान्तरण गरेको छ । बैंकको शुक्लागण्डकी ८ ढोरफिर्दी अवस्थित

काठमाडौं । महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उद्देश्यले नबिल बैंक, सीएनआई– वुमन लिडरसीप फोरम र महिला

ताजा समाचार

देवदहमा भेटिएका शवको अझै पहिचान भएन
 २०७८,माघ,१२,बुधबार २०:५९
‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने
 २०७८,माघ,१२,बुधबार २०:५४