शिक्षण अस्पतालमा अध्ययनरत नर्सहरुले भने भर्ना प्रक्रियामा विभेद भयोे

काठमाडौं । त्रिवि शिक्षण अस्पताल पिसिएलमा अध्ययनरत नर्सहरुले विरोध गरेका छन् । 

त्रिवि अस्पतालले स्टाफ नर्स भर्ना परीक्षामा स्नातक भन्दा माथिका प्रमाण पत्रको नम्बर जोडेकोमा आपत्ति जनाउँदै पिसिएलमा अध्ययनरत नर्सहरुले विरोध गरेका हुन् । लिखित

परीक्षा राम्रो अंक ल्याउँदा पनि शैक्षिक प्रमाण पत्रका कारण आफू पछि परेको भन्दै उनीहरुले अस्पतालका निर्देशक डा दिपक प्रसाद महरालाई भेटेर विरोध जनाए ।

पिसिएल नर्सिङ गरेकाहरुको कोटामा स्नातक र स्नातकोत्तर गरेका नर्सहरुले परीक्षा दिएर प्रमाण पत्रका आधारमा बढी नम्बर पाएको भन्दै उनीहरुले डा महरालाई भेट्ने पुगेकी एक नर्सले भनिन्, ‘अस्पतालको मागेको पदका लागि चाहिने हामीले पनि पढेका छौं र राम्रो नम्बर पनि ल्याएका छौं । तर, माथिल्लो तह पास गरेका आधारमा बढी नम्बर दिइयो । यो गलत हो ।’

अस्पतालले केही दिन अगाडी मात्र सार्वजनिक गरेको स्टाफ नर्स भर्नाको नतिजामा बिएन, बिएसी र सो भन्दा माथि पढेकाहरु धेरै उत्तिर्ण भएको बताउँदै यो प्रणालीले पिसिएल नर्सहरुको अवसर खोसिएको भन्दै उक्त व्यवस्था खारेज गर्न उनीहरुले माग गरेका छन् । 

त्यस्तै शिक्षण अस्पताल व्यवस्थापन परिषद स्थायी समितिको २०७३ साल फागुन १७ गते बसेको बैठकले शैक्षिक योग्यतालार्य २० र लिखित ८० नम्बर दिने निर्णय पास गरेको थियो । सो अनुसार अधिकृतस्तरका पदका लागि एसएलसीमा प्रथम श्रेणीमा उत्तिर्ण भएको भए ५, प्रमाणपत्र तह प्रथम श्रेणीमा उत्तिर्ण भएको भए १० र स्नातक वा सो सरह प्रथम श्रेणीमा उत्तिण गरेका भए ५ अंकभार तय गरेको छ । जसअनुसार प्रमाण पत्र तहसम्म मात्रै अध्ययन गरेकाहरुले ९५ नम्बरको मात्रै परीक्षा दिन पाउने अवस्था छ ।

पिसिएलले ९५ नम्बर र सो भन्दा माथिकाले १०० नम्बरको परीक्षा दिने पाउने प्रणाली विभेदपूर्ण रहेको पिडित नर्सहरुले बताए । उनीहरुले भने, ‘बिएन वा सो भन्दा माथि स्टाफ नर्सका लागि पढको होइन । अधिकृत स्तरको नर्सका लागि पढेको हो ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?