नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शनिबार रातिसम्म आधाभन्दा बढी मत गणना हुँदा २१ जना नेताले एक हजार मत कटाएका छन् ।
राति ११ बजेसम्म भएको २३९३ मत गणनामा सबैभन्दा बढी मत डा शशांक कोइरालाले १९७१ ल्याएका छन् । दोस्रो स्थानमा रहेका एनपी साउदले १५३८ मत पाएका छन् । तेस्रो स्थानमा गृहमन्त्री बालकृष्ण खाँडले १५०७ मत पाएका छन् ।
४६८२ मध्ये बाँकी २२८९ मतको गणना भोलि विहान ९ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । ३५ जना खुला केन्द्रीय सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा छन् । अन्तिम परिणामबाट ६४ जना बाहिरिनेछन् ।
एक हजार मत कटाउने नेताहरु:
१) डा शशांक कोइराला :- १९७१
२) एनपी साउद :- १५३८
३) बाल कृष्ण खाँण :- १५०७
४) रमेश लेखक :- १४५१
५) ज्ञानेन्द्र बहादुर कार्की :- १४२३
६) उदय सम्शेर राणा :- १४४५
७) रामहरी खतिवडा :- १३९५
८) अर्जुननरसिंह केसी :- १३८३
९) गोपाल मान श्रेष्ठ :- १३२३
१०) जिप छिरिङ लामा :- १३१२
११) जितजंग बस्नेत :- १२८३
१२) नैन सिंह महर :- १२८२
१३) डा रामशरण महत :- १२८१
१४) सुनिल बहादुर थापा :- १२४६
१५) बल बहादुर केसी :- १२३३
१६) दिलेन्द्र प्रसाद बडु :- १२३१
१७) मोहन बहादुर बस्नेत :- १२०२
१८) दिपक गिरि :- ११७४
१९) सुरेन्द्र राज पाण्डे :- ११५१
२०) कुन्दन राज काफ्ले :- ११४३
२१) सन्जय कुमार गौतम :- १००१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया