दुई भोटले पराजित गच्छदारले मतपरिणाममा बुझाएनन् चित्त

लोकपथ
252
Shares

नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले पराजित विजयकुमार गच्छदारले पुन मतगणनाका लागि निवेदन दिएका छन् ।

देउवा प्यानलका उम्मेदवार गच्छदारलाई दुई मतले पछि पार्दै कोइराला प्यानलका धनराज गुरुङले दुई मतान्तरले जीत हाँसिल गरेपछि गच्छादारले पुनः मतगणनाका लागि निवेदन दिएका हुन् ।

निर्वाचन समितिले उनले निवेदन दिएको बताएको छ । ‘मत बराबर भए पनि गोलाबाट गरिन्छ, दुई मत भनेको स्पष्ट हो, गच्छदारले निवेदन दिनु भएको छ’ निर्वाचन समितिका एक सदस्यले भने ।

गुरुङले १९०८ मत ल्याएका छन् भने गच्छादारले १९०६ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?