प्रारम्भिक चरणमै क्यानसर को पहिचान गर्न सकिने !

हरेक दिन क्यानसरका कारण धेरै मानिसको मृत्यु हुने गरेको छ । प्रारम्भिक चरणमा लक्षणहरु देखा नपर्ने र अन्तिम अवस्थामा पुगेपछि मात्र यो रोग पत्ता लाग्ने भएकाले पनि क्यानसर प्राणघातक साबित भएको हो ।  

तर एक अमेरिकी अनुसन्धान टोलीले रगत परीक्षण मार्फत् प्रारम्भिक चरणमै क्यानसर को पहिचान गर्न सकिने तथ्य सार्वजनिक गरेको छ ।
‘लिक्वीड बायोप्सी’ नामक परीक्षणद्वारा क्यानसर कोषको डि.एन.ए परीक्षण गरी १० वटा विभिन्न प्रकारका क्यानसर पहिचान गर्न वैज्ञानिकहरु सफल भएका छन् ।

सो अनुसन्धानमा १,६२७ जनाको परीक्षण गरिएको थियो जसमध्ये ८७८ जनामा पहिलो चरणको क्यानसर पाइएको छ । योे परीक्षण पाठेघरको क्यानसर पहिचान गर्न ९०% सफल भएको छ भने यसले पेट, फोक्सो आदिको क्यानसर पनि पहिचान गरेको छ ।

यो ‘टेस्ट’ तत्कालै प्रयोग गर्नलाई पूर्ण रुपमा तयार भईसकेको छैन । तथापि यही गतिमा अघि बढ्ने हो भने अबको ५ देखि १० वर्ष भरिमा यसलाई ‘नर्मल्ली’ अभ्यास गर्न सकिने अनुसन्धानकर्ताले बताए । आगामी दिनहरुमा यसले क्यानसरबाट बच्न ठूलो मद्दत गर्ने छ भन्ने कुरामा उनीहरु विश्वस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?