कैलाली बोक्सी काण्डः राधालाई यातना दिने भोले बाबालाई पाँच वर्ष कैद

कैलाली । कैलाली घोडाघोडी–, देउकलियाका रामबहादुर चौधरी ‘भोले बाबा’ लाई कैलाली जिल्ला अदालतले पाँच वर्ष कैद सजाय सुनाएको छ । 

गत फागुन २४ गते भोले बाबा भन्ने रामबहादुर  चौधरीले गाउँकै राधा चौधरीलाई बाक्सीको आरोप लगाएर निर्घात कुटपिट गर्दै चरम यातना दिएका थिए । 

उनलाई जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासमा बिहीवार कैलाली जिल्ला अदालतले दोषी ठहर गर्दै पाँच वर्ष कैद र एक लाख रुपियाँ जरिवानासहितको फैसला सुनाएको हो 

त्यस्तै सार्वजनिक स्थानमा युवतीलाई चरम यातना दिने भोले बाबा र उनका सहयोगी पार्वती भनिने किस्मती चौधरीलाई पनि कैद सजाय सहित जरिवाना फैसाला गरेके जिल्ला अदालत कैलालीले जानकारी दिएको छ ।  

अदालतका अनुसार किस्मती चौधरीविरुद्ध एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना फैसला सुनाइएको छ । उनले भोले बाबालाई यातना दिन सघाउनुका साथै राधालाई आफैंले पनि कुटपिट गरेकी थिइन् । 

त्यस्तै भोले बाबाका अर्का सहयोगी स्मारिका चौधरीलाई छ महिना कैद र २५ हजार जरिवान सुनाइएको छ । 

अन्तर्राष्ट्रिय नारी दिवसकै दिन बोक्सीको आरोपमा राधामाथि दर्दनाक घटना भएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?