९ माघ २०७८, आईतवार

पाल्पा–बुटवल सडक बन्द

२०७५,जेष्ठ,१९,शनिवार ०८:४८

0
Shares

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पाल्पा–बुटवल सडक बन्द गरिएको छ । 

सिद्धबाबामा पटक–पटक पहिरो खसेका कारण सडक मर्मत गर्नका लागि बिहान १० देखि दिउँसो ४ बजेसम्मका लागि सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यले बताए । 

सामान्य वर्षाको समयमा पनि सो सडकमा पटक–पटक पहिरो खस्ने गरेका कारण सडक सञ्चालनमा समस्या आएको छ । सडक बन्द हुँदा पाल्पाबाट बुटवल र बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, पर्वत, पोखरा, स्याङ्जा जाने सयौँ सवारी साधन सडकमै अलपत्र परेका छन् । 

सो सडक उत्तर दक्षिण जोड्ने प्रदेश नं ५ को मुख्य राजमार्ग हो । सडक अवरुद्ध हुदा साविक पश्चिमान्चल विकास क्षेत्रका १२ जिल्लाका यात्रुहरुलाई आवतजावत गर्न कठिनाई परेको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,१९,शनिवार ०८:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४