काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले समयमा मर्मत नगरिएका गाडि गुडाउँदा दुर्घटना बढेको भन्दै सरोकारवालाहरुलाई सचेत गराएकी छिन् ।
शनिबार नेपाल रिकन्डिसन अटो व्यवसायी संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री यादवले गाडी चलाउन नहुने अवस्थामा पनि गाडि गुडाउँने गरेको कारणले दुर्घटना हुने गरेको बताएकी हुन् ।
सडकमा गुड्ने गाडिको समयमा मर्मतसंभार गर्ने हो भने पनि दुर्घटना धेरै घट्ने मन्त्री यादवले बताइन् । रिकन्डिसन अटो व्यवसायीले सही अवस्थाको गाडी विक्री, वितरण गर्न र सञ्चालन गर्न सचेत गराएकी छिन् । उनले रिकन्डिसन अटो व्यवसायीलाई आफुले कस्तो अवस्थाको गाडी खरिद तथा विक्रि गरिरहेको छु भन्ने तर्फ ध्यान दिन आग्रह गरिन् ।

मन्त्री यादवले ट्राफिक, खराब अवस्थाको गाडी र चालकको कारणले दुर्घटना निम्तिने गरेको उल्लेख गर्दै गाडीको अवस्थाको कारणले दुर्घटना निम्तिन नदिन ध्यानाकर्षण समेत गराइन् । उनले भनिन् – ‘तपाइहरु आफ्नो कम्पनीमा गाडी ल्याउँदाखेरी ध्यान दिनुपर्छ, जथाभावि गाडी ल्याएर फेरी विक्रि गर्ने होइन । वान ह्यान्ड्स गाडी चलाएको, ट्याक्सीमा चलाएको, भाडामा चलाएको, जर्जर अवस्थाको यसलाइ क्याटेगोरिज् गरेर गाडीलाई पनि ध्यान राख्नुपर्छ । त्यो गाडीको कन्डिसनको कारणले दुर्घटना नहोस् । तीन कारणले दुर्घटना हुने गरेको छ । ट्राफिकको कारणले, कन्डिसन नभएको कारणले र राम्रो चालक नभएको कारणले । यि कुरा एक अर्काका पुरक छन् । तर त्यसमा गाडीको दोष हुनुहुदैँन ।’

उनले रिकन्डिसन अटो व्यवसायी काठमाडौं उपत्यका बाहिरका ठुला शहरहरुमा पनि लैजान सके सर्वसाधारणले सुविधा लिन सक्ने धारणा व्यक्त गरिन् । व्यवसायीहरुलाई प्रोत्साहन गर्न सरकार तयार रहेको भन्दै उनले व्यवसायीहरुलाई छलफलमा आउन पनि आग्रह गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया