प्रधानमन्त्री कप : प्रदेश १ को शानदार जित, कर्णाली ६ रनमै अलआउट

लोकपथ
168
Shares

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) महिला क्रिकेट प्रतियोगितामा प्रदेश नंं १ ले शानदार जित हात पारेको छ ।उदघाटन खेलमा कर्णाली प्रदेशलाई १ सय ६० रनले पराजित गर्दै प्रदेश नं १ ले शानदार जित हात पारेको हो ।

१ सय ६६ रनको लक्ष्य पछ्याएको कर्णाली ११ ओभर ४ बलमा मात्र ६ रनमा अलआउट भयो । कप्तान आयुषा टन्डनले सर्वाधिक ३ रन बनाउँदा अंशु शाक्य र लक्ष्मी रिमालले समान १–१ रन जोडे । अन्य ८ खेलाडीले खाता समेत खोल्न सकेनन् ।

पीएम कपः कर्णालीलाई १ सय ६७ रनको लक्ष्य 

प्रदेश नं १ की अलिशा खडियाले ५ विकेट हात परेपछि कर्णाली सस्तैमा समेटियो । अलिशाले ४ ओभर बलिङ गर्दै ३ मेडेन ओभर फाल्दै मात्र १ रन खर्चिन् ।

संगीता राईले २ तथा सबनम राईले १ विकेट हात पारिन् ।

यसघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा १ सय ६६ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?