राजनीतिक आडमा हुने गैरकानुनी क्रियाकलाप हटाउँछु : डिआईजी शेर बहादुर बस्नेत

डिआइजी शेर बहादुर बस्नेतले राजनीतिक आडमा हुने गैरकानुनी क्रियाकलाप निस्तेज पार्ने दाबी गरेका छन् ।

गृह मन्त्रालयको निर्णयानुसार प्रहरी प्रधान कार्यालयबाट सरुवा भई पाँच नम्बर प्रदेश प्रहरी प्रमुखकोमा हाजिर हुनुभएका बस्नेतलाई प्रदेश प्रहरी मातहत कार्यालयहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूले आयोजना गरेको  स्वागत कार्यक्रममा बोल्दै  डिआइजि बस्नेतले राजनिति र ब्यावसायिक आडमा हुने सम्पुर्ण गैर कानुनी क्रीयाकलाप नियन्त्रण गर्ने दावि गरेका हुन् ।

प्रहरीको कामलाई स्वच्छ, जनमैत्रि र पारदर्शिता बनाउने आफ्नो मुख्य अभिभारा रहेको भन्दै प्रदेश ५ को सुरक्षा अवस्था विगतको भन्दा थप मजवुत भएर जाने उनको भनाई छ । पहाड र तराई मिसीएर बनेको यो भुगोलका वारेमा केही समयभित्रै निरीक्षण गर्ने र सुरक्षा योजना बनाउने तयारीमा रहेको भन्दै बस्नेतले गुन्डागर्दि, आपराधिक क्रियाकलाप र कानुनलाई चनौति दिने सबै क्रियाकलाप निस्तेज पार्नेसमेत बताउनु भयो ।

प्रहरी देख्ने वित्तिकै जनता डराउने नभई भर पर्ने वातावरण बनाउन आफु लागि पर्ने भन्दै जनताको विचमा गएर आफुले प्रत्यक्ष रुपमा छलफल गरेर सुरक्षाको वारेमा गुनासो सुन्ने कार्यक्रम सञ्चालन गर्ने पनि उनले बताए ।

गैर कानूनी  क्रियाकलापमा आउने राजनितिक दवाव आफुलाई सह्रय नहुने भन्दै प्रदेशको सुरक्षा अवस्था मजवुत बनाउन नागरीक र प्रहरीको विचमा हातेमालो गर्नुपर्ने उनको भनाई छ।

प्रहरी देख्ने वित्तिकै जनता डराउने नभई भर पर्ने वातावरण बनाउन आफु लागि पर्ने भन्दै जनताको विचमा गएर आफुले प्रत्यक्ष रुपमा छलफल गरेर सुरक्षाको वारेमा गुनासो सुन्ने कार्यक्रम सञ्चालन गर्ने पनि उनले बताए ।

प्रहरीभित्र शुद्धिकरण र आर्थिक पारदर्शिता आवश्यक रहेको भन्दै पछिल्लो सुन काण्डले प्रहरीभित्र रहेका गलत क्रियाकलाप बाहिर आएको र अव थप संस्था सुद्धिकरण हुनुका साथै जनताले विश्वास गर्ने वातावरण बन्दै गएको प्रदेश प्रहरी प्रमुख बस्नेतको भनाई छ ।

उनले भने, अहिलेसम्मको प्राप्त जानकारी अनुसार प्रदेश प्रहरीको कार्यालय दाङमै रहने र आगामि प्रदेश तथा केन्द्रिय सरकारको निर्णय अनुसार प्रदेश प्रहरीको कार्यालय कहाँ रहने भन्ने कुरा तय हुने र संघिय प्रहरी ऐन आएमा संघियतामा प्रहरी संरचनालाई अघि बढाउन सहयोग हुन्छ ।

अपराध न्युनिकरणमा प्रहरी एक्लैले केही गर्न नसक्ने बताउनु भएका बस्नेतले सबैको सहयोग भएमा अपराध न्युनिकरणमा शुन्य सहनशिलता अपनाउने समेत बताए। लागु औषध, गुन्डागर्दि, अवैध नदिजन्य पदार्थको तस्करी, बैदेशीक रोजगारीका ठगि सम्वन्धि मुद्धामा प्रहरी कडारुपमा प्रस्तुत हुने उनले दोहो¥याए ।

अपराध न्युनिकरणमा प्रहरी एक्लैले केही गर्न नसक्ने बताउनु भएका बस्नेतले सबैको सहयोग भएमा अपराध न्युनिकरणमा शुन्य सहनशिलता अपनाउने समेत बताए।

लागु औषध, गुन्डागर्दि, अवैध नदिजन्य पदार्थको तस्करी, बैदेशीक रोजगारीका ठगि सम्वन्धि मुद्धामा प्रहरी कडारुपमा प्रस्तुत हुने उनले दोहो¥याए ।

उनले प्रेस र मानवअधिकार पनि अपराध न्युनिकरणमा सहयोग गरीरहेको भन्दै आउँदा दिनमा खवरदारी जारी राख्न सुझाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?