सूचना प्रविधिको क्षेत्रमा काम भइरहेको छ : सञ्चारमन्त्री

लोकपथ
208
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधिको विकासमा सरकारले काम गरिरहेको बताएका छन् ।

लिभिङ विथ आइसिटीले शुक्रबार साँझ आयोजना गरेको आइसिटी अवार्ड–२०२१ समारोहलाई सम्बोधन गर्दै उनले सूचना प्रविधिको विकास बिना मुलुकको विकास गर्न नसकिने बताए । उनले सरोकारवालासँग सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि छलफल गर्न मन्त्रालय तयार रहेकोसमेत बताए ।

मन्त्री कार्कीले आइसिटी अवार्डले सूचना प्रविधिको क्षेत्रमा काम गर्ने युवालाई प्रोत्साहन र प्रतिभा प्रष्फुटनमा मद्दत पु¥याउने बताए । उनले सूचना प्रविधिको सही प्रयोग गर्नु अहिलेको चुनौती रहेको भन्दै सबैले मिलेर सूचना प्रविधिको क्षेत्रमा काम गर्नुपर्ने धारणा राखे । समारोहमा सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले सरकारले सूचना प्रविधिबाट सेवा दिएपनि सेवाग्राही सूचना प्रविधिप्रति अभ्यस्त नभएकोले सिकाउनुपर्ने बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले जनतालाई छिटो र छरितो सेवा दिन सूचना प्रविधिको प्रयोगलाई व्यापक गर्नुपर्ने बताए । समारोहमा मन्त्री कार्की, सञ्चार सचिव डा अर्याल र सचिव आचार्यले विभिन्न व्यक्तिलाई अवार्ड प्रदान गरेका थिए ।

सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट काम गरेको विभिन्न १२ वटा विधामा पुरस्कार प्रदान गरिएको लिभिङ विथ आइसिटीका निर्देशक राजन लम्सालले जानकारी दिए । डिजिटल एजुकेशन आइसिटी अवार्ड (सरकारीतर्फ) कालिका मावि बुटवललाई, डिजिटल एजुकेशन आइसिटी अवार्ड (निजीतर्फ) ललितपुरको रातोबङ्गला स्कुललाई, डिजिटल सर्भिसेस (निजीतर्फ) नेपाल क्लियरिङ हाउस लिमिटेड र डिजिटल सर्भिसेस (सरकारी) आइसिटी अवार्ड भूमि व्यवस्था तथा अभिलेख विभागलाई वितरण गरिएको छ ।

यसैगरी व्यक्तिलाई प्रदान गरिने इन्टरप्रेनर आइसिटी अवार्ड दिपेश प्रधान, नेपाली डायस्पोरा आइसिटी अवार्ड नेपाल बैंक लिमिटेड, पायोनियर आइसिटी अवार्ड मनोहरकुमार भट्टराई र एनसेल वुमन आइकन आइसिटी अवार्ड गुण केशरी प्रधानलाई प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?