काठमाडौं । २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पयता हालसम्म ४ वा ४ रिक्टरस्केल माथिका ४९८ वटा पराकम्पहरु गइसकेका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले सो कुराको जानकारी दिँदै गोरखा भूकम्पको पराकम्प आउने क्रम अझैं पनि जारी रहेको बताए ।
उनका अनुसार पछिल्लो दुई दिन लगातार देशका तीन स्थानमा भूकम्प गएको छ । बिहिबार दैलेख र गोरखा तथा शुक्रबार दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो । गोरखा र दोलखामा गएको भूकम्प २०७२ बैशाख १२ गते गएको भूकम्पकै पराकम्प गएको र दैलेख केन्द्रबिन्दु भएर गएको भने नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बिहिबार गोरखा केन्द्रबिन्दू भएर ४.१ रिक्टरस्केलको पराकम्प गएको थियो भने दैलेखमा गएको नयाँ भूकम्प ४.३ रिक्टरस्केलको रहेको थियो ।
यस्तै शुक्रबार दोलाखा केन्द्रबिन्दु भएर गएको पराकम्प पनि ४.३ रिक्टरस्केलकै रहेको केन्द्रले जनाएको छ ।
बैशाख १२ र सोलगत्तै बैशाख २९ मा पनि आएको शक्तिशाली भूकम्पका कारण झण्डै ९ हजार सर्वसाधारणको ज्यान गयो भने लाखौं घरहरु र सम्पदाहरु ध्वस्त भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया