९ माघ २०७८, आईतवार

मेडिकल कलेजको अवस्था नाजुक, विद्यार्थीको भविष्य अन्योलमा

२०७५,जेष्ठ,१९,शनिवार ०६:५७

0
Shares

जनकपुरधाम । जानकी मेडिकल कलेज रमदैया भवाडी जनकपुरधामका कर्मचारी, चिकित्सक र विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

सो कलेजका कर्मचारी, चिकित्सक र विद्यार्थीप्रति कलेज व्यवस्थापन गम्भीर नभएका कारण सो अवस्था सिर्जना भएको हो । कलेजका कर्मचारी र चिकित्सकले १४ महिनादेखि तलब नपाएको र ५० महिनादेखि कर्मचारीको सञ्चयकोष भुक्तानी नगरिएका कारण कर्मचारी आन्दोलित भई कलेजका सम्पूर्ण सेवा बन्द गरी धर्नामा बसेका छन् ।

कलेजका सेवा बन्द र कर्मचारी धर्नामा बसेकाले आजदेखि भनिएको परीक्षा स्थगित गरिएका कारण विद्यार्थीको शैक्षिक सत्र अन्योलमा परेको छ । सो कलेजमा ४५० कर्मचारी र ३६० विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।

कर्मचारी हकहित संरक्षण संघर्ष समितिद्वारा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा डा वीरेन्द्र झाले उक्त जानकारी गराउँदै कलेज व्यवस्थापनको उदासिनताले गर्दा कलेजको दायित्वभन्दा सम्पत्ति कम भएको स्थिति रहेको बताउनुभयो ।

सो कलेजमाथि प्रभु बैंकको ऋण रू एक अर्ब ६० करोड  रहेको छ भने रू ३० करोड भुक्तानी गर्न बाँकी छ त्यसैगरी सरकारलाई कर पनि नबुझाएको बताइन्छ ।

डा झाका अनुसार कलेजका प्राचार्य, मेडिकल डाइरेक्टर लगायतका जिम्मेवार व्यक्ति र सञ्चालक समितिका पदाधिकारी कतै कुनै सम्पर्क नरहेको अवस्थामा कर्मचारी, चिकित्सक र विद्यार्थीको समस्याप्रति संघीय सरकारको ध्यान जानु आवश्यक छ ।

 

प्रकाशित मिति: २०७५,जेष्ठ,१९,शनिवार ०६:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । तपाई कति घण्टा सुत्नुहुन्छ ? मानिसको उमेर, शारीरिक अवस्था, मानसिक स्थिती अनुसार निन्द्रा तलमाथी हुनसक्छ । तर विशेषज्ञले

खानेकुरा मिठो लाग्ने, खाएको खानेकुरा राम्ररी पच्ने, घाम ताप्न पाइने, तात्तातो चिया, कफी र सुप खान पाउने भएर धेरैलाई जाडो

डा. हेमराज कोइराला I मकर सङ्क्रान्तिमा तिलको लड्डु, तरुल, घिउ, चाकु, मुङ्गफलीको चक्की, खिचडी, बेसनको लड्डु, आदि खाने चलन छ।

रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हुने हुनाले कोरोना भाइरसको सङ्क्रमण हुन नदिन र भएमा के

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४